केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक दिनका लागि प्रधानमन्त्री बनिन् १६ वर्षीय किशोरी

सहयात्रा टिभी

एजेन्सी । असोज–२२, फिनल्यान्डमा एक किशोरी एक दिनका लागि प्रधानमन्त्री बनेकी छिन् । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले एक किशोरीलाई एक दिनका लागि प्रधानमन्त्री बनाइदिएकी छिन् । फिनल्यान्डले प्लान इन्टर्न्याश्नलको गर्ल्स टेकओभर अर्थात् युवतीको सत्तारोहणमा सहभागी भएको यो चौथो वर्ष हो। यस अभियानमा संसारभरिका देशहरूका किशोरीहरूलाई एक दिनको निम्ति राजनीति र अन्य क्षेत्रका नेताहरूको जिम्मेवारी सम्हाल्ने अवसर दिइन्छ।

यो वर्ष युवतीहरूको निम्ति प्रविधिमा अवसर र डिजिटल क्षमता बढाउने कुरालाई प्राथमिकता दिइएको छ। यसकारण लैंगिक समानताका लागि उत्कृष्ट देशमा पर्ने फिनल्याण्डकी प्रधानमन्त्री मरिनले १६ वर्षीया आभा मुर्तोलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी हुन् । उनले बुधबारका लागि आभा मुर्तोलाई प्रधानमन्त्री बनाइएकी हुन् । उक्त आभालाई कुनै नयाँ निर्णय गर्ने अधिकार नभएपनि प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने सकिने गरी प्रधानमन्त्री बनाइएको हो । संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’ का कार्यक्रम आयोजना गरी आभालाई प्रधानमन्त्री बनाइएको हो । एक दिनको लागि भएपनि प्रधानमन्त्री बन्न पाउदा धेरै नै खुशी लागेको आभाले बताएकी छन् । एकदिनको लागि प्रधानमन्त्री बनेकी आभाले बुधबार मन्त्री तथा सांसदहरुसँग विकास र वैदेशिक व्यापारका विषयमा छलफल चलाएकी थिइन् ।

प्रकाशित : 8 October, 2020

प्रतिक्रिया दिनुहोस्