केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जर्मनीलाई रोक्यो टर्कीले बराबरीमा

सहयात्रा टिभी

एजेन्सी । असोज–२२, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा जर्मनीलाई टर्कीले बराबरीमा रोकेको छ । टर्कीले जर्मनीसँग ३–३ को बराबरी खेलेको हो।कारामनले ९४ मिनेटमा बराबरी गोल फर्काएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा युलियन ड्राक्सलरले काई हाभार्टजको पासमा गोल गरेका थिए। जर्मनीे ड्राक्सलरकै गोलबाट अग्रता लिएको हो । ५०औं मिनेटमा टर्कीका ओजन टुफानले बराबरी गोल फर्काए। त्यसको आठ मिनेट नवित्दै हाभार्टजकै पासमा फ्लोरिन नेउहाउसले गरेको गोलबाट जर्मनीले फेरि अग्रता लियो। नेउहाउसको जर्मनीबाट यो डेब्यू खेल थियो।

६७औं मिनेटमा टर्कीका इफेक्यान कारासाले फेरि बराबरी गोल फर्काए। ८१औं मिनेटमा जियान लुका वाल्डस्मिल्डले गरेको गोलबाट जर्मनीले पुनः अग्रता लियो। इन्जुरी समयमा कारामनले बराबरी गोल फर्काएपछि घरेलु टीम जर्मनी बराबरीमा रोकियो। जर्मनीले शनिबार युईएफए नेसन्स लिगमा युक्रेन तथा मंगलबार स्विट्जरल्यान्डविरुद्ध खेल्नेछ।

प्रकाशित : 8 October, 2020

प्रतिक्रिया दिनुहोस्