केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मानिस जस्तै देखिने कुकुर

सहयात्रा टिभी

एजेन्सी । असोज–२२, जनावर जस्तो वफादारी मानिस पनि हुन सक्दैन । जनावर मध्ये पनि कुकुर सबैभन्दा वफादार हुन्छ । जनावर मध्ये कुकुरले मानिसको दिल जितेको छ । कुकुर कुकुर जस्तै हुन्छन् तर आज हामी मानिसको अनुहारसंग मिल्ने कुकुरको बारेमा चर्चा गर्दैछौ ।

सामाजिक सञ्जालमा एक यस्तो कुकुर भेटिएको छ जसको अनुहार कुनै मानिसको जस्तो देखिन्छ । यस आश्चर्यलाग्दो कुकुरलाई हेर्न एक समुह मालिकको घरमा पुगे । कुकुरको नाम योगी हो । योगी अमेरिकाको मैसचुसिट्समा आफ्नी मालिक्नि चैन्टल डेसजार्डिनको साथमा बस्ने गर्छ । चैन्टलले एकदिन कुकुरको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । उक्त फोटो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । सामाजिक सञ्जालबाट योगीको अनुहार एक कलाकारसँग मिल्ने कुरा बाहिरियो ।

 

प्रकाशित : 8 October, 2020

प्रतिक्रिया दिनुहोस्