केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसद्वारा सरकार–डा.केसीबीचको सहमतिको स्वागत

सहयात्रा टिभी

काठमाडौं । असोज –२५, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र अनशनरत डा. गोविन्द केसीबीच भएका सहमतिको स्वागत गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर सहमतिको स्वागत गरेका हुन् । साथै प्रवक्ता शर्माले डा. केसीको अनशनप्रति सुरुदेखि नै सरकार नकारात्मक देखिएको भए पनि छलफलबाट सहमतिमा पुग्नु सुखद भएको जनाएका छन् । सहमतिलाई कार्यान्वयनमा लैजान पनि उनले जोड दिएका छन् ।

प्रकाशित : 11 October, 2020

प्रतिक्रिया दिनुहोस्