केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कुखुराको मासुमा भारी गिरावट

सहयात्रा टिभी

काठमाडौं । असोज–२६, यतिबेला नेपाली बजारमा कुखुराको मासुमा भारी गिरावट आएको छ । तरकारीको भाउ आकाशिएसंगसंगै कुखुराको मासुमा भने भारी गिरावट आएको हो । कुखुराको मासुमा गिरावट पछिल्लो तीन वर्ष यताकै न्यून भएको व्यवसायी बताउँछन् ।

कोरोना भाइरसको बढ्दो संक्रमणसँगै काठमाडौंमा कुखुराको मासु बिक्री हुन नसकेपछि प्रतिकिलो दुई सय रुपियाँभन्दा कम मूल्यमा बेच्नुपरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले बताएका छ । संघका उपाध्यक्ष श्रय ढकालका अनुसार माग कम हुँदा कुखुराको मासु दुई सय कम मूल्यमा बेच्नु परेको छ । यद्यपि संघले यो साता कुखुराको मासुको मूल्य प्रतिकिलो २०५ तोकेको छ । कुखुरा पालक किसानहरुले दशैंतिहारलाई लक्षित गर्दै कुखुराको उत्पादन बढाए पनि सोचेअनुसार बिक्री नहुँदा किसानसँगै व्यवसायीहरु मारमा परेका छन् । सामान्य अवस्थामा काठमाडौंमा दैनिक साढे दुई लाख किलो मासु बिक्री हुने गरेकोमा अहिले मुस्किलले सवा लाख किलो मात्रै मासु बिक्री भईरहेको संघले जनाएको छ । अर्कोतर्फ तरकारीको भाउ आकासिँदा उपभोक्तालाई पिरलो थपिएको छ। भाउ अचाक्ली बढेपछि न्यून आम्दानी हुनेले दिनहुँ तरकारी किनेर खान कठिन भएको छ। अहिले बजारमा अधिकांश तरकारीको भाउ किलोको सय रुपियाँमाथि पुगेको छ।

प्रकाशित : 12 October, 2020

प्रतिक्रिया दिनुहोस्