केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपाका दुईजना अध्यक्षबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । असोज–२६, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुईजना अध्यक्षबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरैदेखि दुई अध्यक्षबीच भेटवार्ता भएको हो । आजको भेटमा दुई अध्यक्षबीच मन्त्रीहरुको नियुक्ति, कर्णाली प्रदेशमा देखिएको विवादलगायतका विषयमा छलफल हुने बताइएको छ ।


कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध पार्टीका बहुमत सांसदले पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएपछि त्यसले नेकपाको केन्द्रीय राजनीतिमा पनि हलचल ल्याएको छ। कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्न नेकपाका अध्यक्षद्वय ओली र दाहाल आज छलफलमा जुटेका हुन् ।

प्रकाशित : 12 October, 2020

प्रतिक्रिया दिनुहोस्