केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२८,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्य कमजोर हुनेछ । काम बिग्रने डरले सताउनुको साथै काममा समते बाधा देखिन सक्छ । खानपानमा ध्यान दिनुहोला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रमाइलो यात्रा गर्न पाइनेछ । आतिथ्यपूर्ण सम्मान प्राप्त हुुनुको साथै साथीभाईसँगको रमाइलो भेटघाटमा दिन हर्षका साथ वित्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
जुझारु कार्यशैलीले प्रतिस्पर्धामा मनग्गे लाभ दिलाउनेछ। आम्दानि हुनुको साथै खर्च पनि बढ्ने सम्भावना देखिन्छ । पारिवारिक रमझम हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विशेष उपलब्धि हात पार्न सकिनेछ । सोचेको काम बन्ने छ । कसैलाई पनि झट्टै विश्वास गरेर गोप्य कुरा तथा योजनाहरु नसुनाउनु होला । आजको दिन वैदेशिक यात्रा शुभ रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरेलु समस्यामा अल्झनु पर्नेछ । काममा बाधा आइपर्न सक्छ । मेहनेतले सफलता प्राप्त गर्न सकिनेछ । अध्ययनमा मन नजाला ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ। छुटिएका परिवारका सदस्यसँग मेल हुनेछ । दिन रमाइलोका साथ वित्ने योग छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। स्वास्थ्यको ख्याल राख्नुपर्ने देखिन्छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुखद समाचारले मनमा उत्साह जगाउनेछ । परिस्थिति अनुकुल हुनुको साथै आर्थिक समस्या सुल्झँदै जानेछ । जिम्मेवारी बढ्ने योग छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थितिवस दिन खर्चिलो हुनेछ । साथीभाईसँग भेटघाट हुनेछ । मिष्ठान्न भोजनको योग छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानी बढ्नेछ तर रकम सञ्चय भने नहुन सक्छ। छुटेका आफन्तजनसँग भेटघाट हुनेछ । पुराना साथीहरुसँग भेट हुनुको साथै मन हर्षीत रहनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम र प्रतिष्ठा कमाउन सफल भइनेछ। सोचेको जस्तो काम नहुँदा दिनमा केहि खिन्नता बोध हुनसक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला, सफलता मिल्नेछ । स्वास्थ्यमा केहि गडबढ हुन सक्छ, खानामा ध्यान दिनुहोला । सन्तानबाट सन्तुष्टि मिल्नेछ ।

प्रकाशित : 14 October, 2020

प्रतिक्रिया दिनुहोस्