उदास गीत सुनेर पनि खुसी हुन सकिन्छ


एजेन्सी । असोज–२६, खुसी पूर्णरूपमा आत्मपरक हुन्छ, अर्थात् एक व्यक्तिलाई खुसी पार्ने कुराले अरूलाई खुसी नपार्न सक्छ। तर, उदास गीतहरू सुन्नु चाहिँ विश्वभर नै मानिसहरूका लागि खुसी पार्ने कुरा हो। जापानको टोकियो विश्वविद्यालयले गरेको एक अध्ययनले यस्तो निष्कर्ष निकालेको हो।

विश्वविद्यालयका आइ कावाकामी, कियोशी फुरुकावा र काजुओ ओकानायाले गरेको एक अध्ययनले यो कुरा पुष्टि गरेको हो। यसअघि बर्लिनस्थित फ्रेइ विश्वविद्यालयको एक अध्ययनले यस्ता गीतहरूले खुसी पार्ने देखाएको थियो। पूर्वी र पश्चिमी गोलार्द्धमा यस्ता गीतले समान प्रभाव पार्ने सो अध्ययनमा उल्लेख छ। उदास गीतले दुःखलाई सान्त्वनामा परिणत गरी फाइदाजनक भावनात्मक प्रभाव पार्ने अध्ययनमा जनाइएको छ।

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज