केपी ओली प्रचण्ड माधव नेपाल एमाले


छोराको चाहनाले दोस्रो विवाह गर्ने यो समुदाय

सहयात्रा टिभी

एजेन्सी । असोज–२६, विभिन्न देशमा आ–आफ्नै पुराना परम्परा र मान्यता चलिआएका छन् । कतिपय परम्परा रहरले गर्नुपर्छ भने कति त बाध्यताले मान्नुपर्ने हुन्छ । वर्तमान समयमा शिक्षित पिढीले पनि बाबु बाजेले गरेका मान्यता तथा परम्परालाई पछ्याउदै आएका छन् । आज हामी यस्तो अनौठो प्रथाको बारेमा बताउँछौ, जहाँका मानिसहरु एक आश्चर्यको प्रथा मान्दै आएका छन् ।

भारतको राजस्थानमा भएको एक गाउँ, जहाँ मुस्लिम समुदायको बाहुल्यता छ । जहाँ ७० परिवार बस्छन् । यो समुदायको विवाह गर्ने परम्परा धेरै नै अजिबको छ । वास्तवमा गाउँमा प्रत्येक पुरुषले २ विवाह गर्ने चलन छ । यस समुदाय भित्र बसोवास गर्ने पुरुषले आफ्नो जीवनकालमा २ विवाह गर्नैपर्छ ।

पुरुषले दोस्रो विवाह गर्न त्यत्तिबेला तयार हुन्छन्, जब पहिलो श्रीमतीले बच्चा जन्माउन ढिलो गर्छिन् वा छोरी जन्माउँछिन् । यी २ स्थितीमा पुरुषले दोस्रो विवाह गर्छन् । त्यहाँका मानिसहरुले दोस्रो श्रीमतीले छोराको जन्म दिन्छन् भन्ने आशाले दोस्रो विवाह गर्छन् ।

गाउँका बुढापाकाले जुन पुरुषले दोस्रो विवाह गर्छन् उसकी पत्नीले छोरा नै जन्माउछिन् भन्ने मान्यता राख्ने गर्छन् । त्यहाँका पुरुषहरुले दुवै श्रीमतीलाई खुशी राख्नमा चाही ध्यान दिनु पर्छ । आश्चर्य लाग्दो कुरा चाँही पहिली श्रीमतीमाथि पतिले दोस्रो श्रीमती विवाह गरेमा कुनै आपत्ती मान्दैनन् । दुवै आपसमा मिलेर बस्छन् ।

आजसम्म नै गाउँमा कसैको पनि दुई पत्नीबीच विवाद भएको छैन् । परिवारका बच्चाहरुले पनि दुवै आमाको पुरा ख्याल राख्छन् । र कुनै भेदभाव राख्दैनन् । वर्तमान समयमा बढ्दै गएको महंगीले पुरुषहरु २ विवाह गर्न आँट गर्दैनन् । यस्तो परम्परा अझै पनि सिमीत परिवारमा रहेको छ ।

प्रकाशित : 12 October, 2020

प्रतिक्रिया दिनुहोस्