केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२७, सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले क्षमताभन्दा आधा सिट संख्यामा मात्र यात्रु राखेर चलाउनुपर्ने पहिलेको निर्णय उल्टाउँदै यस्तो निर्णय गरेको हो ।


सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नु पर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । यात्रु पनि बढी राख्ने र भाडा पनि धेरै असुल गर्ने गरिएको पाइएकाले अब बढी भाडा लिन नपाउने निर्णय गरिएको बताइएको छ । बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्‍ने निर्णय गरेको बताइएको छ । बैठकले आम नागरिकलाई जहाँ छ, त्यहीँ दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान आग्रह गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : 13 October, 2020

प्रतिक्रिया दिनुहोस्