केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुन चाँदीको मुल्य घट्यो

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२७, मंलगबार सुन चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सयले घटेर प्रतितोला ९५ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ९५ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजार ६ सय मै कारोबार भइरहेको छ । त्यसैगरी मंगलबार चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर तोलाको १२ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : 13 October, 2020

प्रतिक्रिया दिनुहोस्