केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित

सहयात्रा टिभी

एजेन्सी । असोज–२७, बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित भएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो ।

बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने भन्दै आन्दोलन चर्किएसँगै सरकारले मृत्युदण्ड दिन सकिने गरी कानुन संशोधन गरेको हो । धेरैतिरबाट सुझाव, माग र दवाव आएकाले यस्तो व्यवस्थाका लागि प्रस्ताव तयार पारेको कानुन मन्त्री अनिसुल हकले जानकारी दिए । उनले भने, अत्यधिक धेरै दण्ड दिनुपर्ने अवस्थामा मात्रै मृत्यु दण्डसम्मको व्यवस्था गरिएको बताउदै सवैलाई त्यस्तो सजाय हुने अनिवार्य भने नगरिएको स्पष्ट पारे ।

प्रकाशित : 13 October, 2020

प्रतिक्रिया दिनुहोस्