केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महसँग नखानुहोस् यी पाँच खानेकुरा

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२७, आयुर्वेद विज्ञानमा मह कुन चिज सँग खाने र कुन चिजसँग नखाने प्रष्ट बताइएको छ । आयुर्वेद चिकित्सकहरुका अनुसार यी चिजहरुसँग मह खाएमा यसले मानव स्वास्थमा नकरात्मक असर पार्न सक्छ ।

महको प्रभाव हाम्रो शरीरमा गर्मी पैदा गर्नु हो । यदि यसलाई तातो खानाको साथमा खाएमा पखाला लगायत अन्य स्वास्थ्य समस्याहरु आउन सक्छन् ।

चिया र कफिको साथमा महको सेवन गर्नाले हाम्रो शरीरको तापक्रम बढ्छ । यसले उत्तेजना र तनाव बढ्छ ।

महको साथमा मूला खानाले शरीरमा विषाक्त पदार्थ उत्पन्न हुन्छ । यसले शरीरको अङ्गहरु ड्यामेज हुने खतरा बढ्छ ।

तातो पानीको साथमा मह नखानुहोस । यसले शरीरमा गर्मी बढाँउछ जसले पेट खराब हुने समस्या आँउछ ।

माछा र मासुको साथमा मह खानाले यसले शरीरमा विषाक्त पदार्थ उत्पन्न गर्छ जसले हाम्रो स्वास्थमा नराम्रो असर पर्न सक्छ ।

प्रकाशित : 13 October, 2020

प्रतिक्रिया दिनुहोस्