कोरोना त्रासमा काठमाडौं उपत्यका


काठमाडौं । असोज–२८, कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढिरहेका वेला काठमाडौं उपत्यकाका १० क्षेत्र ‘रेड जोन’मा परेका छन् । व्यापारिक क्षेत्रदेखि मानिसको चाप बढी हुने क्षेत्र ‘रेड जोन’मा परेका हुन् ।


स्वास्थ्य मन्त्रालयका अनुसार तीन सयभन्दा माथि संक्रमित भएको क्षेत्र अर्थात् वडालाई ‘रेड जोन’मा राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतको रोग नियन्त्रण महाशाखा र उच्चस्तरीय महामारी व्यवस्थापन केन्द्र (सिसिएमसी)ले हरेक हप्ता काठमाडौंको ‘रेड जोन’ क्षेत्रको मूल्यांकन गर्दै आएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार काठमाडौं महानगरपालिकाभित्र कोरोना नियन्त्रणभन्दा बाहिर गएको छ । महानगरका ३२ वडामध्ये वडा नं. १५ स्वयम्भू, वडा नं. १६ सोह्रखुट्टे, वडा नं. ३२ कोेटेश्वर, वडा नं. १४ कलंकी, वडा नं. ३ महाराजगन्ज, वडा नं. १३ कालिमाटी, वडा नं. ११ त्रिपुरेश्वर, वडा नं. ९ गौशाला, वडा नं. १० बानेश्वर र वडा नं. २६ लैनचौर ‘रेड जोन’मा छन् । यी वडामा तीन सयभन्दा माथि संक्रमित छन् ।मन्त्रालयले अन्य स्थानीय तहको तुलनामा काठमाडौं महानगरभित्र कोरोना तीव्र रूपमा बढेको जनाएको छ ।

मंगलबार मात्रै काठमाडौं उपत्यकामा एक हजार सात सय ४६ जनामा संक्रमण देखिएको छ । २५ असोजसम्मको तथ्यांकअनुसार उपत्यकामा संक्रमितको संख्या ३२ हजार ६ सय तीन पुगेको छ । जसमध्ये महानगरभित्र १५ हजार पाँच सय ५३ जना छन् । उनीहरूमध्ये सक्रिय संक्रमित सात हजार ६ सय ९९ छन् भने अस्पतालमा सात सय ६२, संस्थागत आइसोलेसनमा ६ सय ८८ र होम आइसोलेसनमा ६ हजार दुई सय ४९ रहेका छन् ।संक्रमितको सम्पर्कमा आएका १८ हजार ६ सय ८४ जनाको नमुना परीक्षण गर्दा दुई हजार आठ सय ६६ जना कोरोना पुष्टि भएको छ । कोरोनाको ‘रेड जोन’मा रहेका महानगरका १० वडामा मात्र आठ हजार तीन सय १० संक्रमित छन् । उनीहरूमध्ये सक्रिय संक्रमितको संख्या चार हजार एक सय ७३ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ । यो विगत तीन दिनमा संक्रमितको संख्या अझै बढेको मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ‘कोरोना नियन्त्रणमा काठमाडौं महानगरपालिकाको भूमिका देखिएन, जसले महानगरपालिकाभित्रका केही स्थानमा नियन्त्रणबाहिर गयो,’ भने । त्यस्तै, ‘रेड जोन’मा परेका वडालाई ‘सिल’ गरेर परीक्षण तीव्र बनाउनुपर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् । तर, सरकारले ‘सिल’ नगर्दा अन्य क्षेत्रमा पनि जोखिम बढाएको उनीहरूको भनाइ छ । यसैगरी कन्ट्याक्ट ट्रेसिङको काम पनि रोग नियन्त्रण महाशाखा र स्थानीय तहले नगर्दा कोरोना नियन्त्रणमा आउन नसकेको जनाएको छ ।

 

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज