केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एकै व्यक्तिमा दुईपटक देखिन थाल्यो कोरोना संक्रमण

सहयात्रा टिभी

एजेन्सि । असोज–२८, अमेरिकामा एक व्यक्तिलाई कोरोनाभाइरसको संक्रमण फेरि दोहोरिएको छ । दोस्रो पटकको संक्रमण धेरै डरलाग्दो हुने चिकित्सकहरु बताउँछन् ।

२५ वर्षीय एक पुरुषमा अचानक दोश्रो पटक कोरोना संक्रमण दोहोरिएको बताइएको छ । बीबीसीमा प्रकाशित समाचार अनुसार ती व्यक्तिको दुवै फोक्सोमा पर्याप्त अक्सिजन नपुगेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।सामान्यत: कोरोनाभाइरस सङ्क्रमण नदोहोरिने विश्वास गरिन्छ। तर केही अनुसन्धानले के देखाउँछन् भने अति थोरै बिरामीमा संक्रमण दोहोरिन पनि सक्छ । बीबीसीका अनुसार नभाडाका ती युवकमा हालै संक्रमण दोहोरिएपछि ती व्यक्तिमा पुरानो संक्रमण लुकेर पछि देखिएको नभएर दुबै पटक कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।उनीबाट सङ्कलित फरक-फरक नमुनाको परीक्षण गर्दा भाइरसको आनुवंशिक संरचनामा भिन्नता देखिएको बताइएको छ । वैज्ञानिकहरुले पहिले संक्रमण भएको मान्छेलाई फेरि हुनसक्ने सम्भावित संक्रमणबाट जोगाउन सक्ने सम्भावना नहुने बताएका छन् ।एकचोटि कोभिड-१९ भएर निको भइसकेका व्यक्तिले पनि दूरी, मास्क र हात धुने विषयमा तोकिएका मापदण्ड पालना गर्नुपर्ने सुझाव विज्ञहरुले दिने गरेको बीबीसले जनाएको छ । यस्तै कोरोनाभाइरसको संक्रमण फेरि दोहोरिन थालेपछि वैज्ञानिकहरुले यसलाई चिन्ताजनक रुपमा हेरेको बताइएको छ ।

प्रकाशित : 14 October, 2020

प्रतिक्रिया दिनुहोस्