केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३८ मा कोरोना पुष्टि, कुल संक्रमित संख्या १ लाख १८ हजार नजिक

सहयात्रा टिभी

काठमाडौं । असोज–२८, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ४ सय ३ सहित नेपालमा २हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।

काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जनामा संक्रमण पुष्टि भएको हो ।गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेशनमा २१ हजार ५६८ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ६६६ जना छन्। मन्त्रालयका अनुसार अहिले आईसीयूमा ३०५ र भेन्टिलेटरमा ७० बिरामी रहेका छन् ।बुधबार २हजार १ सय ७४ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जिती डिस्चार्ज हुनेको कुल संख्या ८० हजार ९५४ पुगेको छ। यो कुल संक्रमितको ६८ दशमलव ६ प्रतिशत हो। पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६७५ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित : 14 October, 2020

प्रतिक्रिया दिनुहोस्