केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या १ लाख ४४ हजार ८ सय ७२ पुग्यो

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–०५, पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका छन् ।यो संगै हाल सम्म कुल संक्रमित संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

हाल ४४ हजार ४७६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपचारका लागि होमसहित संस्थागत आइसोलेसनमा ती सङ्क्रमित बसेका मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा चार हजार ६५ जना छन् ।मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ९९६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९९ हजार ६०५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा २६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।

प्रकाशित : 21 October, 2020

प्रतिक्रिया दिनुहोस्