केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फ्रान्समा दोस्रो चरणको लकडाउन सुरु : पेरिस छाड्नेको संख्या पनि ह्वात्तै बढ्यो

सहयात्रा टिभी

फ्रान्स । कार्तिक– १४, फ्रान्समा पछिल्लो समय कोरोना सङ्क्रमितसँगै ज्यान गुमाउनेको दर ह्वात्तै बढको छ । दोस्रो चरणको लकडाउनको घोषणा भएसँगै राजधानी पेरिस छाड्नेको संख्या पनि दोव्वरले बढेको छ ।

 

आजदेखि लकडाउन कार्यान्वयनमा आउने भएपछि राजधानीमा बसिरहेकाहरुले शहर छोड्दा ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम भएको बीबीसीले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आज रातिदेखि फ्रान्समा दोस्रो चरणको लकडाउन सुरु हुने भएपछि सहर छाड्नेको संख्या बढेको हो ।

त्यहाँ हिजोमात्रै साढे ४७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको र २ सय ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

प्रकाशित : 30 October, 2020

प्रतिक्रिया दिनुहोस्