केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चितवन निकुञ्जमा एक सिंगे गैंडा धमाधम मर्न थाले, अध्ययनका लागि विशेष टोली गठन

सहयात्रा टिभी

चितवन । कार्तिक– १४, चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा धमाधम मर्न थालेका छन् । यसबारे अध्ययन गर्न चितवन पार्कले एक टोली गठन गरेको छ । तीन सदस्यीय टोलीमा पार्कको संरक्षण सह अधिकृत तथा गैंडा विशेषज्ञ ऋषी रानाभाट नेतृत्वमा गठन भएको हो । टोलीलाई गैंडाको मृत्यु बढ्नुको वैज्ञानिक कारणबारे अध्ययन गरेर सुझाव पेश गर्ने कार्यादेश दिइएको निकुञ्ज प्रमुख अननाथ बरालले बताए ।

पछिल्लो समय निकुञ्जमा गैंडा मर्ने क्रम बढेको छ । टोलीले सोहि विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउने छ । टोलीमा सौराहस्थित जैविक विविधता संरक्षण केन्द्रका प्रमुख बाबुराम लामिछाने र पशु चिकित्सक डा अमिर सुदुल्लाह सदस्य रहेका छन् ।

यसअघि गरिएको गैडाको गणनामा चितवन पार्कमा मात्र ६०५ वटा एक सिंगे गैंडा रहेको थियो । सन् २०१६–१७ मा २५ वटा गैंडा मृत फेला परेका थिए भने सन् २०१७–१८ मा यो संख्या २६ रहेको थियो । सन् २०१८–१९ मा झण्डै दोब्बर संख्या अर्थात ४३ वटा गैंडाको मृत्यु भएको थियो ।

सन् २०१९–२० मा पनि २६ गैंडाको मृत्यु भएको थियो भने हालै मात्रै ९ वटा गैंडाको मृत्यु भएको रिपोर्ट दर्ता भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रकाशित : 30 October, 2020

प्रतिक्रिया दिनुहोस्