केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मुल्यमा पुन: बृद्धि

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–१६, नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बजारमा छापावाला सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ रहेको थियो । आइतबार तेजावी सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ रहेको छ ।महासंघले चाँदीको मूल्य पनि तोलामा पन्ध्र रुपैयाँले बढेर प्रतितोला एक हजार एक सय ९५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रकाशित : 1 November, 2020

प्रतिक्रिया दिनुहोस्