केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धोनीले आइपिएलबाट सन्न्यास नलिने

सहयात्रा टिभी

एजेन्सी । कार्तिक–१७, इन्डियन प्रिमियर लिग (आइपिएल)को चर्चा हुँदा महेन्द्रसिंह धोनी छुटाउनै नमिल्ने नाम हो । धोनी सम्भवतः आइपिएल इतिहासकै सबैभन्दा सफल कप्तान पनि हुन् । चेन्नई सुपर किंग्सका सदाबहार कप्तान धोनीको १३औँ आइपिएल सिजन राम्रो रहेन ।

आइपिएलकै साविक उपविजेतासमेत रहेको चेन्नई पुछारमा रहेको छ । चेन्नई पहिलोपटक प्ले अफ दौडबाट बाहिरिएको छ । आइपिएलको उद्घाटन खेलमा चेन्नईले साविक विजेता मुम्बई इन्डियन्समाथि जित निकालेको थियो । त्यसपछि चेन्नईको प्रदर्शन ओरालोतर्फ लाग्यो ।यो सिजनमा धोनीको ब्याटिङ पूरै फ्लप रह्यो । धोनीले १३ खेलमा २५ को औसतमा दुई सय रन बनाएका छन् । उनी चेन्नईका महँगा खेलाडी हुन् । टोलीको सफलता र असफलतामा कप्तानकै चर्चा हुन्छ । यसपटक चेन्नईको असफलतामा धोनीले कुशल नेतृत्व गर्न नसकेको भारतीय मिडियाले टिप्पणी गरेका छन् । चेन्नईलाई तीनपटक विजेता तथा पाँचपटक उपविजेता बनाएका धोनीको यो नै आइपिएलको अन्तिम सिजन भनी भारतीय मिडियाहरूले ठोकुवा गरेका छन् ।सबैको अनुमानविपरीत धोनीले अर्को वर्ष पनि आफू चेन्नईकै पहेँलो जर्सीमा देखिने बताएका छन् । आइतबार किंग्स ११ पन्जाबविरुद्ध प्रतिस्पर्धा गर्नुअघि धोनीले कमेन्टरलाई आफू अर्को वर्ष पनि आइपिएलमा रहने स्पष्ट पारे । कमेन्टर ड्यानी मोरिससले ‘तपाईं यसै वर्ष आइपिएलबाट सन्न्यास लिँदै हुनुहुन्छ रु’ भनी प्रश्न राखेका थिए । धोनीले तत्कालै उत्तर फर्काए, ‘कदापि म सन्न्यास लिदिनँ, अर्को वर्ष पनि यही पहेँलो जर्सीमै देखिनेछु ।’जारी आइपिएलमा धोनीले खेलपछि विपक्षी खेलाडीलाई अटोग्राफ र गिफ्ट दिने गरेका छन् । योसँगै सामाजिक सञ्जालमा धोनीले सन्न्यास लिने भएकाले नै अटोग्राफ र गिफ्ट बाँडेको कमेन्ट्स आइरहे । धोनीले १५ अगस्टमा इन्स्ट्राग्रामबाटै सबै किसिमको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिएका थिए । उनले अन्तिमपटक एकदिवसीय क्रिकेट खेल गत वर्षको विश्वकप सेमिफाइनल खेलेका थिए । नयाँपत्रिकाबाट

प्रकाशित : 2 November, 2020

प्रतिक्रिया दिनुहोस्