केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काजलले गरिन् विवाह

सहयात्रा टिभी

एजेन्सी । कार्तिक–१७, बलिउड अभिनेत्री काजल अग्रवाल वैवाहिक बन्धनमा बाँधिएकी छिन । उनका प्रेमि गौतम किचलुसँग शुक्रबार वैवाहिक बन्धनमा बाँधिएकी जनाइएको छ।

काजलको विवाह मुम्बईको ताज होटलमा भएको हो। कोरोना भाइरसको महामारीका कारण विवाहमा सानो जमघट रहेको थियो। यसैबीच काजल र गौतमको विवाहको पहिलो तस्बिर बाहिरिएको छ। सो तस्बिरमा काजलले रातो रङको लेहंगा, शिरमा शिटपेटी, कम्मरमा कम्मरबन्द र नेकलेस लगाएकी छन्।३५ वर्षीया काजलले हिन्दी फिल्म ‘क्यों हो गया न’बाट डेब्यु गरेकी थिइन्।

उनी सन् २००७ मा पहिलो तेलुगु फिल्म ‘लक्ष्मी कल्याणम’मा देखिएकी थिइन्। सन् २००९ मा आएको तेलुगु फिल्म ‘मगधिरा’ले उनको करिअरलाई उचाइमा पुर्‍यायो थियो।

प्रकाशित : 2 November, 2020

प्रतिक्रिया दिनुहोस्