केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हुन्डी कारोबारमा संलग्‍न ३ जना सीआईबीद्धारा पक्राउ

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–१८,प्रहरीले हुन्डी कारोबारमा प्रयोग गरिएको करिब एक करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।


काठमाडौंको ओमबहालबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई सोमबार बेलुका पक्राउ गरेको हो ।मित्तलद्वय दाजुभाइ हुन् । उनीहरुको ओमबहालमा मोबाइलका विभिन्न पार्ट्सको पसल रहेको छ । पौडेलचाहिँ मित्तलका सहयोगी हुन् । ब्युरोका डीआईजी सहकुल थापाले मित्तलको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ ८ सय अमेरिकी डलर बरामद गरिएको जानकारी दिए । बरामद गरिएको हुन्डीको रकम विदेश पठाउन लागिएको सीआईबीको आशंका रहेको बताइएको छ ।डीआईजी थापाका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।१० लाख रुपैयाँभन्दा माथिको कारोबार बैंकबाट मात्रै गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित : 3 November, 2020

प्रतिक्रिया दिनुहोस्