केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न बंगलादेश प्रस्थान

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–२०,बिहीबार गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बंगलादेश प्रस्थान गरेको छ ।

मैत्रीपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोली बंगलादेशको एक साता बसाइमा घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किनेछ ।लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश जाँदै गर्दा निकै उत्साहित देखिएको छ । बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा आठ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोलीबाहिर रहेका छन् । यस्तै अन्य सात खेलाडीमा कोरोना देखिएपछि ती खेलाडीको भ्रमण स्थगित भएको छ र उनीहरू आइसोलेसनमा रहेको बताइएको छ । नयाँ जर्सी पाउनेमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ रहेका छन् । मैत्रीपूर्ण खेलका लागि बुधबार गरिएको सामान्य बिदाइ कार्यक्रमपछि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र एक साताको बंगलादेश बसाइ थप फलदायी हुने अपेक्षा लिएको बताए । साथै बंगलादेशसँगको मैत्रीपूर्ण खेलले टोलीलाई अनुभव र नयाँ अनुहारलाई मैत्रीपूर्ण खेलले अनुभव दिने पनि उनले बताए । नयाँ खेलाडीमा सम्भावना भएको भन्दै टोलीले मैत्रीपूर्ण खेलमा सुखद नतिजा निक्लिने विश्वास व्यक्त गरे । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले प्रस्थान गर्नुअघि टोलीको कोरोना पिसिआर परीक्षण गरेको थियो । उक्त परीक्षणमा दुई खेलाडीमा कोरोना देखिएको थियो । टोलीले बंगलादेशमा एक साता बिताएपछि मात्रै मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।कोरोनाको महामारीपछि फुटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताए । नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । महामारीबीच सुचारु भएको छोटो अभ्यासले मैत्रीपूर्ण खेल निकै चुनौती पूर्ण भएको प्रतिक्रिया व्यक्त गरे ।

प्रकाशित : 5 November, 2020

प्रतिक्रिया दिनुहोस्