केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एकैदिन अमेरिकामा एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

सहयात्रा टिभी

अमेरिका । कार्तिक–२०, अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार ,जोन्स होप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टरले अमेरिकामा एक लाख २ हजार ८ सय ३१ जनामा कोरोना देखिएको पुष्टि गरेको छ ।


विज्ञहरुले जाडो सुरु भएसँगै कोरोना संक्रमण बढ्न सक्ने चेतावनी दिइरहेका बेला अमेरिकामा दिनदिन संक्रमणले रेकर्ड कायम गरिरहेको छ।वासिङ्टन पोस्टले पछिल्लो समय अमेरिकाका कन्सास, टेनिसी, भर्जिनिया, ओक्लाहोमा, मोन्टाना, आयोवा ओहायोलगायतका राज्यहरुमा कोरोना संक्रमण बढिरहेको उल्लेख गरेको छ ।बिहीबार दिउँसोसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९४ लाख ८६ हजार ६ सय ७७ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३३ हजार ७ सय २९ रहेको छ । त्यस्तै कोरोना पुष्टि भएकामध्ये ३७ लाखभन्दा बढी संक्रमणमुक्त भएको पनि जनाइएको छ ।

प्रकाशित : 5 November, 2020

प्रतिक्रिया दिनुहोस्