केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी

सहयात्रा टिभी

एजेन्सी। कार्तिक–२३,अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् ।३ नोभेम्बरमा भएको निर्वाचनमा बाइडेनले २७३ इलेक्टोरल कलेज मत प्राप्त गर्दै बाइडेन विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले २१ इलेक्टोरल कलेज मत ल्याएका छन् ।बाइडेन आगामी चार वर्षका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।मुख्य ब्याटलग्राउन्ड स्टेट पेन्सलभानियामा बाइडेनले जित हासिल गरेसँगै उनको २७३ इलेक्टोरल कलेज मत प्राप्त गरेका हुन् ।सन् २०२० को निर्वाचनमा बाइडेन विजयी भएसँगै सन् १९९० पछि एक कार्यकाल मात्र अमेरिकी राष्ट्रपति बन्‍ने ट्रम्प पहिलो व्यक्ति बनेका छन् ।यसअघि मत गणना जारी रहँदै राष्ट्रपति उमेदवार ट्रम्पले मतदानमा धाँधली भएको आरोप लगाएका थिए । उनले मतगणनामा समेत अनियमितता भएको आरोप लगाएका छन् । तर, उनले कुनै पनि प्रमाण पेश गर्न सकेका छैनन् ।ट्रम्पको अभियानले विभिन्‍न राज्यहरुमा धाँधली भएको भन्दै कानुनी उपचार खोज्दै उजुरी दिएका छन् ।बाइडेनले सात करोड ३० लाख मत प्राप्त गरेका छन् । यो अमेरिकी इतिहासकै सबैभन्दा दोस्रो ठूलो मत हो ।यस वर्ष सन् १९०० पछि पहिलो पटक अमेरिकामा सबैभन्दा बढी मत खसेका थिए ।

प्रकाशित : 8 November, 2020

प्रतिक्रिया दिनुहोस्