केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारद्वारा नेपालमा कोरोनाको खोप भित्र्याउन समिति गठन

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–२५, सरकारले कोरोनाविरूद्धको भ्याक्सिन समयमै आपूर्ति गर्न समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव सम्मिलित तीन सदस्यीय समिति गठन गरेको हो ।

कोभिड–१९ (कोरोना भाइरस) सम्बन्धित भ्याक्सिन समयमै नेपालमा भित्र्याउन सकियोस् भन्ने हेतुले समिति गठन गरेको जनाइएको छ । हालका लागि समितिले कुन देशमा कुन भ्याक्सिन बनिरहेको छ र त्यो कहिले, कुन प्रक्रियाबाट ल्याउने भन्नेबारेमा अध्ययन गर्नेछ । भरपर्दो भ्याक्सिन बजारमा आएपछि नेपालमा पनि भित्र्याउनेबारे समितिले तयारी गर्ने बताइएको छ ।यसका लागि भ्याक्सिन समयमै भित्र्याउन स्रोत व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने जनाइएको छ ।यसले विश्व मानव जगतमा आशा पलाएको छ । अमेरिकी विकासकर्ताहरू (फाइजर र बायोटेक)ले यसलाई विज्ञान र मानवताका लागि महान दिनको रूपमा व्याख्या गरेका छन् ।साथै सोमबारको मन्त्रिपरिषद बैठकले सबै नागरिकको कोरोना परीक्षण र उपचार पनि नि:शुल्क गर्ने निर्णय गरेको छ । यसअघि सर्वोच्च अदालतले सरकारलाई आदेश दिँदै कोरोनाको उपचार र परीक्षण नि:शुल्क गर्न परमादेश दिएको थियो ।सोमबार मात्रै कोरोना भाइरसविरुद्धको पहिलो प्रभावकारी खोपले ९० प्रतिशतभन्दा बढी सफलतापूर्वक काम गरेको खबर बाहिरिएको थियो ।

प्रकाशित : 10 November, 2020

प्रतिक्रिया दिनुहोस्