केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक प्रधानमन्त्री ओली काठमाडौं उपत्यकाबाहिर

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–२६,आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओली सङ्खुवासभा गएकाछन् ।प्रधानमन्त्री ओलीको सचिवालयले बिहान ९ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गरेको जनाएको छ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायतलाई लिएर चीनसँगको सीमा जोडिएको क्षेत्रमा प्रधानमन्त्री ओली गएका हुन् ।

आज ओलीले त्यहाँ सञ्चालित विभिन्न विकास निर्माणका आयोजनाहरुको अवलोकन गर्ने जनाइएको छ । ओली सुरूमा चीनसँग सीमा जोडिएको उत्तरी नाका किमाथाङ्का पुग्ने कार्यक्रम रहेको बताइएको छ ।यस्तै उनले भोटखोला गाउँपालिका १ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गर्ने पनि बताइएको छ । झण्डै एक वर्षअघि स्थापना भएको सीमा सुरक्षा पोस्ट ९बीओपी०को निर्माणधीन भवनका साथै भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको पनि अवलोकन गर्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।यस्तै बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गर्ने तय भएको छ । ओलीले राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी व्यापारिक राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम छ ।ओली साढे ३ बजेसम्म सङ्खुवासभा बसेर काठमाडौँ फर्किने कार्यक्रम रहेको बताइएको छ।गत फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक प्रधानमन्त्री ओली काठमाडौं उपत्यकाबाहिर गएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंको भनाइ छ ।

प्रकाशित : 11 November, 2020

प्रतिक्रिया दिनुहोस्