केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘द एज ब्यान्ड’ ले सांगीतिक यात्रालाई निरन्तरता दिन नसक्ने

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–२६, सोमबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ‘द एज ब्यान्ड’ ले सांगीतिक यात्रालाई निरन्तरता दिन नसक्ने घोषणा गर्‍यो ।

‘मेरो आँसु’, ‘थाहा छैन’, ‘सम्झिने मुटु’ लगायत दर्जनौं हिट गीत दिएको यो रक ब्यान्ड २२ वर्ष पुरानो हो ।ब्यान्डका ‘फ्रन्टम्यान’ एवं भोकलिस्ट जीवन गुरुङले ब्यान्डको पेजमा कोरोना महामारीकै कारण ब्यान्डलाई निरन्तरता दिन नसकेको बताएका छन् । ‘भारी हृदय लिएर हामी यो निर्णयमा पुगेका छौं कि अहिलेको विश्वव्यापी महामारी कोभिड–१९ को अवस्थामा हामी हाम्रो सांगीतिक यात्रालाई निरन्तरता दिन असमर्थ छौं,’ उनले लेखेका छन्, ‘जब अवस्था सामान्यतर्फ फर्कन्छ, हामी पक्कै नयाँ टिम, नयाँ गीत र सामग्रीसहित फर्कनेछौं ।’ हाललाई सबैले ब्यान्ड सदस्यका रूपमा निरन्तरता नदिने र आआफ्ना निजी योजनासहित जीवनलाई अगाडि बढाउने निर्णय गरेको उनले उल्लेख गरेका छन् । सोमबार फेसबुक पेजको पोस्टमा उनले आगामी दिनमा एकल गीत र सामग्री लिएर आउने बताएका छन् । ब्यान्ड टुक्रिएकोमा धेरै फ्यानले सामाजिक सञ्जालमा दुस्खव्यक्त गरेका छन् ।

प्रकाशित : 11 November, 2020

प्रतिक्रिया दिनुहोस्