केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपा सचिवालय बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–२७,नेकपाको सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सहमत भएपछि नेकपाको सचिवालय बैठक बस्ने भएको छ ।प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार ४ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने जानकारी दिए ।

मंगलबार पार्टी मुख्यालयमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी अनौपचारिक बैठकले औपचारिक बैठकका लागि बिहीबारसम्म अध्यक्ष ओलीलाई पर्खिने निर्णय गरेको थियो । त्यसैअनुसार ओलीलाई बैठकको सहमतिका लागि आग्रह पनि गरेको थियो ।बिहीबार पनि ओली सहमत नभएको खण्डमा बहुमत सदस्यको औपचारिक बैठक बसेर निर्णय गर्ने तयारीमा दाहाल–नेपाल समूह जुटेको बताइएको थियो । तर, बैठकका लागि ओली तयार भएपछि महासचिव विष्णु पौडेलले अध्यक्ष दाहालसँगको समेत परामर्शमा शुक्रबारलाई बैठक बोलाइएको जनाइएको छ । नेकपामा भदौ २६ को स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नभएको विषयलाई लिएर विवाद चर्केको छ । त्यसबाहेक अन्य नयाँ विवाद पनि थपिएको स्रोतले बताएको छ

प्रकाशित : 12 November, 2020

प्रतिक्रिया दिनुहोस्