केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा थप १ हजार ९१३ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या २ लाख ४४२ पुग्यो

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–२७,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा पछिल्लो २४ घण्टामा १ हजार ९ सय १३ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ४४२ पुगेको छ ।


२ हजार ३ सय ४९ जनाले कोरोना जितेका छन् । योसँगै कोरोना जित्नेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ ।बिहीबार थप १५ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या भने १ हजार १ सय ८९ पुगेको छ । २४ घण्टामा विभिन्न प्रयोगशालामा १० हजार २२ जनाको नमुना परीक्षण भएको थियो । अहिलेसम्म नेपालमा १५ लाख ८४ हजार ३१७ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले ९७४ जना क्वारेन्टाइनमा छन् भने सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 12 November, 2020

प्रतिक्रिया दिनुहोस्