केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपा अध्यक्षद्वयलाई मिलेर जान राष्ट्रपतिको सुझाव

सहयात्रा टिभी

काठमाडौं । मंसिर–०३, नेकपामा आन्तरिक विवाद चुलिरहेको बेला पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार भेटवार्ता भएको छ ।

राष्ट्रपतिलाई भेट्न साँझ साढे ५ बजे शीतल निवास पुगेका दाहालले त्यहाँ करिब दुई घण्टा बिताएका जनाइएको छ ।दाहालसँगको भेटमा राष्ट्रपति भण्डारीले मुलुकको समसामयिक विषयका साथै नेकपाभित्रको बढ्दो विवादका बारेमा छलफल गरेको स्रोतले बताएको छ ।राष्ट्रपति भण्डारीले अध्यक्ष दाहालसँगको कुराकानीमा पार्टी विभाजन भए प्राप्त उपलव्धिहरु पनि गुम्ने अवस्था आउनसक्ने भन्दै दुबै अध्यक्षलाई मिलेर जान सुझाव दिएकीछिन्।‘राष्ट्रपतिले समसामयिक विषयमा जिज्ञासा र चासो राख्नुभयो । मैले उहाँका कुरा सुनेर फर्किएँ, धेरै बोलिनँ’, बालुवाटारबाट फर्केपछि आफू निकट नेतालाई प्रचण्डले भेटबारे संक्षिप्त बताएका थिए ।यसअघि राष्ट्रपति भण्डारीले अध्यक्ष ओली र महासचिव विष्णु पौडेल तथा उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर नेकपाको विवादबारे चासो राखेकीथिइन् ।देशभित्र राजनीतिक अन्यौल बढेको बेलामा राष्ट्रपतिको प्रयास समझदारी निर्माण गर्ने कुरामा हुने भएकोले सोही अनुसार दाहालसँग पनि भेटवार्ता भएको शितल निवास स्रोतले बतायो ।नेकपा विवाद उत्कर्षमा रहेका बेला कार्यकारी अध्यक्ष दाहाल र भण्डारीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित : 18 November, 2020

प्रतिक्रिया दिनुहोस्