केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक

सहयात्रा टिभी

काठमाडौं । मंसिर–०४, विदेशी नागरिकलाई मंसिर ३० गतेसम्म नेपाल प्रवेशमा रोक लागेको छ । सरकारले नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दु तथा खुला सिमानाहरू मंसिर ३० गतेसम्म रोक्ने निर्णय गरेको हो ।

कार्तिक २४ गतेको मन्त्रिपरिषदको बैठकबाट गरिएको यस्तो निर्णयले नेपाल स्थित विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र गैर सरकारी संस्थामा काम गर्ने विदेशी र उनीहरुका परिवारका लागि भने असर नगर्ने बताइएको छ । त्यस्ता विदेशी तथा उनीहरूको परिवारका लागि ७२ घण्टाभित्रको ‘नेगेटिभ पीसीआर परीक्षण रिपोर्ट’ देखाएर नेपाल आउन सक्ने बताइएको छ । अध्यागमन विभागले जारी गरेको विज्ञप्ति अनुसार ५ वर्षभन्दा कम उमेरका बालबालिकाको हकमा पीसीआर रिपोर्ट आवश्यकनपर्ने उल्लेख छ।अध्यागमन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘अन्य विदेशी नागरिकलाई संस्थागत सिफारिसका आधारमा मात्र आगमन बिन्दुमा भिसा प्रदान गरिने छ’ ‘परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय वा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा विदेशस्थित नेपाली कुटनीतिक नियोगको पूर्व स्वीकृति भए मात्र आगमन विन्दुमा भिसा जारी गरिने छ’,विज्ञप्तिमा भनिएको छ।

प्रकाशित : 19 November, 2020

प्रतिक्रिया दिनुहोस्