केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना पुष्टि,कुल संक्रमित संख्या २ लाख १५ हजार २० पुग्यो

सहयात्रा टिभी

काठमाडौं । मंसिर–०४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।


मन्त्रालयका अनुसार बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ । मन्त्रालयले हालसम्म पीसीआर विधिबाट १६ लाख ३३ हजार ५५९ परीक्षण भएको जनाएको छ ।यसैगरी पछिल्लो २४ घन्टामा २ हजार ८५८ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ जना पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ७६ पुगेको छ । ७६७ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 19 November, 2020

प्रतिक्रिया दिनुहोस्