केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली किशोरी बीबीसीको प्रभावशाली महिलाको सूचिमा

सहयात्रा टिभी

काठमाडौं । मंसिर–०९, नेपालकी सपना रोका मगर विश्वकै प्रभावशाली एक सय महिलाको सूचीमा परेकी छन् । बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।


१८ वर्षकी सपना रोका मगरले पशुपति आर्यघाटमा बेवारिसे शव जलाउँदै आएकी छन् । म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाण्डौ आएकी हुन् । तर यहाँ आएपछि उनले बेवारिसे लाश जलाउने गरेको देखेपछि आफूले यही काम थालेको बताइन् ।

अलपत्र परेका लाशको व्यवस्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उनी बताउछिन् । साथीभाइको संगतका कारण आफूले पनि सडकको जिन्दगी भोगेको अनुभव सुनाउँदै उनले भनिन् ‘एसएलसीपछि साथीभाइको लहलहैमा लागेर विश्वासघातमा परेर सडकमा पुगेको थिए । तर अहिले म त्यो ठाउँमा छैन, जुन ठाउँमा म हुन्थ्ये । म अहिले धेरै खुशी छु । यो कामले मलाई आफ्नै परिचय दिएको छ ।’

सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् ।

प्रकाशित : 24 November, 2020

प्रतिक्रिया दिनुहोस्