केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतीय विदेश सचिव नेपाल आउँदै

सहयात्रा टिभी

काठमाडौं । मंसिर–११, नेपाल – भारत सिमा विवादबारे बहस जारी रहेकै अवस्थामा भारतीय विदेश सचिव हर्षबर्धन शृंगला आज नेपाल आउँदैछन् । नेपाल-भारत दुवै देशले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादकै बीच रोकिएको कूटनीतिक वार्ता पुनः सुरु गर्न भारतीय विदेश सचिव शृंगला काठमाडौं आउन लागेका हुन् ।

 

 

नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा १५ महिनापछि औपचारिक वार्ता हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय समकक्षी नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो । आजको वार्तामा नेपालका तर्फबाट परराष्ट्र सचिव पौड्याल, परराष्ट्रका दक्षिण एसिया महाशाखा प्रमुख यज्ञबहादुर हमालसहितका अधिकारी हुनेछन्।

प्रकाशित : 26 November, 2020

प्रतिक्रिया दिनुहोस्