केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोनासँग मिल्दो लक्षण भएका बालबालिकालाई भिटामिन ए नखुवाउन सरकारको आग्रह

सहयात्रा टिभी

काठमाडौं । मंसिर–११, सरकारले कोराना भाइरसको संक्रमणसँग मिल्ने लक्षण भएका बालबालिकालाई भिटामिन ए को क्याप्सुल नखुवाउन आग्रह गरेको छ ।


भिटामिन ए क्याप्सुल खुवाउने समयमा यदि कुनै बालबालिकालाई ज्वरो आएको वा अन्य कोरोनासँग मिल्दोजुल्दो लक्षणहरू देखिएको छ भने भिटामिन ए को क्याप्सुल नखुवाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो । ज्वरो निको भइसकेपछि मात्र नजिकको स्वास्थ्य संस्थाबाट भिटामिन ए क्याप्सुल खुवाउने जानकारी महिला स्वास्थ्य स्वयंसेविकाहरूमार्फत सर्वसाधरणसम्म पुर्याउन स्वास्थ्य मन्त्रालयले भनेको छ ।

सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ । तर यस पटक भने कोरोनाका कारण वैशाख महिनामा कार्यक्रम हुन सकेको थिएन ।

प्रकाशित : 26 November, 2020

प्रतिक्रिया दिनुहोस्