केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वायु सेवा निगमको १० वर्षे योजना : ६ वटा नयाँ जहाज, वार्षिक साढे ५ अर्ब नाफा हुने

सहयात्रा टिभी

काठमाडौं । मंसिर–३०, नेपाल वायु सेवा निगमले १० वर्षे एकीकृत व्यावसायिक योजना प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रायलयलाई बुझाएको छ । व्यावसायिक योजनामा अझै तीन वर्षसम्म निगम घाटामै रहने र तर सन् २०२४ देखि भने नाफामा जाने उल्लेख गरिएको छ ।


निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले मन्त्री भट्टराईसमक्ष बुझाएको योजनामा निगम सुरुका तीन वर्ष नोक्सानमा नै रहने र सन् २०२४ बाट नाफामा जाने उल्लेख छ । त्यस्तै, २०३० मा पाँच अर्ब ३० करोड मुनाफा हुने प्रक्षेपण गरिएको छ । त्यस कार्ययोजनाअनुसार अघि बढ्दा सन् २०२१ मा वार्षिक २३ अर्ब ७६ करोड खर्च हुने र प्रत्येक वर्ष नौ प्रतिशतले खर्च वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

निगमले २०२४ बाट नाफामा जानका लागि अन्तर्राष्ट्रिय उडानतर्फ सिड्नी, कोलम्बो, शङ्घाई, इण्डोनेसिया, रियादलगायत आठ नयाँ गन्तव्य थप्नुपर्ने भन्दै ती नयाँ गन्तव्यमा सेवा दिन न्यारोबडी चार वटा र बाइडबडी दुई वटा गरि ६ जहाज आवश्यक पर्ने जनाएको छ । त्यस्तै आन्तरिक उडानतर्फको सुधारका लागि पनि काठमाण्डौ, नेपालगञ्ज, पोखरा र विराटनगरलाई पहाडी क्षेत्र उडानको मुख्य आधार बनाएर उडान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

प्रकाशित : 15 December, 2020

प्रतिक्रिया दिनुहोस्