केपी ओली प्रचण्ड माधव नेपाल एमाले


असार मसान्तसम्म ऋणीलाई कालोसूचीमा नराख्नु : नेपाल राष्ट्र बैंक

सहयात्रा टिभी

काठमाडौं । पुस २, कोरोनाबाट थलिएका उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेकम आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।


नेपाल राष्ट्र बैंकले बुधवार बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन दिँदै कोभिड– १९ बाट प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेमा आगामी असार मसान्तसम्म कालोसूचीमा नराख्न भनेको छ । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा गरेको नयाँ व्यवस्थाअनुसार एकीकृत निर्देशिका जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

कोरोनाबाट प्रभावित ऋणीको हकमा छ महिना वा सोभन्दा कम अवधिको ब्याज बक्यौता रहेको अवस्थामा कालोसूचीमा समावेश गर्ने प्रक्रियाको समयसीमा बढाइएको हो ।

राष्ट्र बैंकका अनुसार पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्था, व्यावसायिकरुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्था, विगत तीन वर्षदेखि साधारणसभा नगरेका संस्था र कम्तीमा दुई सय ५० दिनको कारोवार मूल्य नभएका संस्थाको शेयर धितो राखेर कर्जा लिन पनि नपाइने भएको छ ।

प्रकाशित : 17 December, 2020

प्रतिक्रिया दिनुहोस्