केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता

सहयात्रा टिभी

काठमाडौं । पुस २, सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ ।

 

बुधबार बालुवाटारमा बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । यस्तै, पार्टीका सांसदहरुले संसद बैठकको माग गरेर राष्ट्रपति समक्ष पेश गर्ने भनेको आवेदन समेत फिर्ता लिने निर्णय बैठकले गरेको छ ।

बैठकले स्थायी कमिटीको अर्को बैठक पुष ५ गते बस्ने निर्णय गरेको छ । यस्तै, पुष ५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पुष १० गते बस्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित : 17 December, 2020

प्रतिक्रिया दिनुहोस्