केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपतिद्वारा संसद् विघटनः वैशाख १७ र २७ गते प्रतिनिधि सभा चुनावको मिति तोकियो

सहयात्रा टिभी

काठमाडौं । पुस ५, राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद् विघटन गरेको जानकारी दिएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९१० र ९७० तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य, मान्यताबमोजिम संसद् विघटन स्वीकृत गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न देशको अभ्यासबमोजिम सङ्घीय संसद्को वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली नागरिक समक्ष जान मिति २०७८ वैशाख १७ र २७ गते चुनावको मिति तोकिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ‌ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्रीको यस्तो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ ।

प्रकाशित : 20 December, 2020

प्रतिक्रिया दिनुहोस्