केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपाका दुवै पक्षको केन्द्रीय कमिटी बैठक आज, बाँकी एजेण्डामा थप छलफल गरिने

सहयात्रा टिभी

काठमाडौं । पुस ९, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुवै समूहको केन्द्रीय कमिटी बैठक आज पुनः बस्दैछ। प्रचण्ड–माधव नेपाल पक्षको बैठक विहान साढे ११ बजे बस्दैछ भने, ओली पक्षको बैठक बिहान १ बजे बालुवाटारमा बस्न लागेको स्रोतले बतायो ।

आजको बैठकमा संसद विघटनविरुद्ध विरोधका कार्यक्रम घोषणा गर्ने बताईएको छ । यसअघि मंगलबार बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउँदै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो।

आजको बैठकमा पार्टीको संगठनात्मक कार्ययोजनाका विषयमा पनि छलफल हुनेछ। यस्तै, ओली समूहको केन्द्रीय कमिटी पनि आजै बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा म‌ंगलबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकिसकेको छ। २०७८ मंसिरमा महाधिवेशन गर्ने ओली पक्षको तयारी रहेको बताईएको छ।

प्रकाशित : 24 December, 2020

प्रतिक्रिया दिनुहोस्