केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

सहयात्रा टिभी

काठमाडौं । पुस १२, आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आशा लघुवित्त र सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ ।


नेप्सेले आशा लघुवित्तको प्रस्तावित १५ प्रतिशत बोनस शेयर र सिनर्जी पावरको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले सिनर्जीको गत बिहीवार कायम अन्तिम शेयरमूल्य २१७ रुपैयाँलाई आधार बनाएर बोनस शेयरपछिको मूल्य प्रतिकित्ता २०७ रुपैयाँ तोकेको हो ।

त्यस्तै आशा लघुवित्तको बिहीवारको अन्तिम मूल्य १ हजार रुपैयाँको आधारमा बोनस पछिको मूल्य ८७० रुपैयाँ तोकेको हो ।यी दुवै कम्पनीले प्रस्तावित उक्त लाभांशका लागि पुस १२ गते एक दिन बुक क्लोज गरेको छ । आइतवारदेखि शेयर खरिद गर्ने लगानीकर्ताहरुले भने कम्पनीहरुले प्रस्ताव गरेको लाभांश प्राप्त गर्ने छैनन् ।

प्रकाशित : 27 December, 2020

प्रतिक्रिया दिनुहोस्