केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डिशहोमको सरोकार च्यानलमा सग्लो समाज प्रसारण हुने

सहयात्रा टिभी

काठमाडौं । पुस १२, डिश मिडिया नेटवर्क लिमिटेडले यहि सोमबारदेखि साप्ताहिक भिडियो म्यागजिन सग्लो समाज प्रसारण गर्ने भएको छ ।  हिमाल मिडियाले निर्माण गरेको सो म्यागजिन पत्रकार तथा लेखक कनकमणि दीक्षितले प्रस्तुत गर्ने बताईएको छ । सो म्यागजिन डिश होमको नियमित ग्राहकले सरोकार च्यानल (१३०) मा राती साढे ८ बजे प्रसारण हुनेछ ।

सग्लो समाजको पहिलो अंकमा विदेशी शक्तिका लागि लडाइँ लड्दा गोरखाली सिपाहीले पाएको दुःखको विषय मूलतः उनै सिपाहीका अभिव्यक्तिमा आधारित भएर निर्माण गरिएको छ ।

देशभित्रै निर्माण गरिएका कार्यक्रम बढाउँदै लैजाने नीति अनुरूप हिमाल मिडियासँग समझदारी भएअनुसार यो कार्यक्रम प्रसारण हुन लागेको हो, डिश मिडियाका अध्यक्ष हेमराज ढकालले बताउनुभयो ।

यस्तै, सग्लो समाजमा हामीले चिन्तन गर्नुपर्ने, चिन्ता लिनुपर्ने र समाजलाई उत्साहित बनाउने विषयलाई म्यागजिनको ढाँचामा प्रस्तुत गरिनेछ । हिमाल मिडिया अन्तर्गत हाल www.himalkhabar.comwww.nepalitimes.com समाचार पोर्टल सञ्चालित छन्।

डिसहोम, विगत १० वर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाई नेपालभर आफ्नो गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ। डिसहोमले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथमा ग्राहकहरुको मनोरञ्जनका लागि विशेष च्यानलहरु घरमै बसि नयाँ नयाँ चलचित्र हेर्न सकिने पेपरभ्यु जस्ता सेवा प्रदान गर्दै आईरहेको छ ।

 

प्रकाशित : 27 December, 2020

प्रतिक्रिया दिनुहोस्