‘डिशहोम फाइबरनेट’ को ‘एकदाम दुईकाम’ अफर: अव डिशहोमको फाईबर नेट जडान खर्च पनि निशुल्क


काठमाण्डौ । पुस १४, डिशहोमले इन्टरनेट सेवा ‘डिशहोम फाइबरनेट’ मा ‘एकदाम दुईकाम’ अफर ल्याइएकोे छ । डिशहोम फाइबर नेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क लाग्ने छैन ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्चगतिको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोम फाइबरनेटले ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विशेष छुटमा उपलब्ध गराउँदै आएको छ ।

यस्तै, निःशुल्क जडान गरिने डिशहोम फाइबरनेटमा बार्षिक भुक्तानी गर्दा ड्रपवायर समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । भैंसेपाटी, बुङमती, नयाँ बानेश्वर, तिनकुने, चाबहिल, कप्पन, बौद्ध, जोरपाटी, बुढानिलकण्ठ लगायतका क्षेत्रमा हुँदै आएको यो सेवा लिन उपभोक्ताले नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गरी वा ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिने जनाईएको छ ।

बिगत एक दशकभन्दा बढि समयदेखि डीटीएच सेवा प्रदान गर्दै आईरहेको डिशहोम मिडिया नेटवर्क प्रा.लि.ले पछिल्लो समयमा इन्टरनेट सेवा पनि प्रदान गर्दै आईरहेको छ । साथै, कम्पनीले काठमाडौं उपत्यका बाहिर पनि उक्त सेवा विस्तार गर्ने तयारी भईरहेको जनाएको छ ।

 

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज