केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ओखती साबुनको अर्को चामत्कारिक ओखती आयुर्वेदिक तेल बजारमा

सहयात्रा टिभी

काठमाडौं । पुस २०, लामो समयदेखि नेपाली बजारमा आयुर्वेदिक सावुनमार्फत बजारमा चिर परिचित श्री जयकाली जडिबुटी उद्योग प्रा. लि. (ओखती साबुन) ले आफ्नो नयाँ उत्पादन ओखती आयुर्वेदिक तेल बजारमा ल्याएको छ ।

श्री जयकाली जडिबुटी उद्योग प्रा। लि। ले बजारमा ल्याएको बहुगुण भएको ओखती आयुर्वेदिक तेल लामो समयको अनुसन्धानपछि तयार पारिएको कम्पनिले जनाएको छ । सो तेलको प्रयोगबाट रुघाखोकी, नाक बन्द हुने, जोर्नी दुखेको, थकान, मांसपेसी दुखेको, मर्केको, जिउ दुख्ने, टाउको दुख्ने लगायतका समस्या समाधानका लागि प्रभावकारी हुने उद्योगले जनाएको छ ।

अरु के छन् त ओखती आयुर्वेदिक तेलका फाइदा ?

यो तेलले दाँत दुखेकोमा दुखाई कम गर्छ । दाँत दुखेमा कपासमा राखी दाँतभित्र राख्नाले दुखाइ कम हुनुको साथै गिजा सुनिने समस्या कम हुन्छ।

त्यस्तै, नियमित रूपमा बिहान बेलुकी दुई / दुई थोपा तातोपानीमा राखी बाफ लिनाले रुघाखोकी निको पार्न मद्धत गर्छ ।

यस्तै, निद्रा नलाग्ने समस्या छ भने पनि निधार र टाउकोमा सो तेलले हलुका मसाज गर्नाले शरीरमा आराम मिल्छ ।

जडिबुटीको शक्ति ओखती आयुर्वेदिक तेलको बजार मूल्य पनि सस्तो र किफायती भएको देखिएको छ । जम्मा ५० रुपैयाँमा ओखती आयुर्वेदिक तेल बजारमा सजिलै पाउन सकिन्छ ।

प्रकाशित : 4 January, 2021

प्रतिक्रिया दिनुहोस्