केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कुकुरलाई अशं १५ रोपनी जग्गा

सहयात्रा टिभी

काठमाडौं । पुस २१, आफ्ना छोराछोरीको नाममा बाउआमाले पैत्रिक सम्पत्ति नामसारी गरिदिनु त स्वभाविकै हो तर छिमेकी मुलुक मध्यप्रदेशको छिन्दवाडामा चाहिँ एकजना किसानले १५ रोपनी जग्गा आफुले घरमा पालेको कुकुरको नाममा नामसारी गरिदिएका छन् ।

मध्यप्रदेशको बाडीबाडा गाउँमा बस्ने ओम नारायण नामका किसानले आफ्नो सम्पतिमध्ये आधा हिस्सा घरमा पालेको कुकुर ज्याकीको नाममा र बाँकी आधा हिस्सा आफ्नी पत्नी चम्पाको नाममा नामसारी गरिदिएका हुन् ।

ओम नारायणका आफ्ना छोराछोरी नभएको कारणले कुकुरलाई सम्पत्ति दिएका भने होइनन् । वास्तवमा आफ्नो छोराको व्यवहारले दिक्क भएका कारण उनले सम्पत्ति आफ्नै छोरालाई नदिई पत्नी र कुकुरलाई बाँडिदिएका हुन् । ओम नारायणसँग उनका छोराले दिनहुँ झैझगडा गर्ने गरेका कारण उनले छोरालाई सम्पत्ति नदेका हुन् ।

ओम नारायणले बकाइदा कानुनी बकसपत्र गरेर कुकुरलाई आफ्नो सम्पत्तिको वारेस बनाएका हुन् । उनले बकसपत्रमा लेखेका छन्, ‘मेरो सेवा मेरी पत्नी र मेरो घरपालुवा कुकुरले गर्दछन् । त्यसैले यी दुई मेरा लागि अधिक प्रिय छन् ।’बकसपत्र अनुसार कुकुरको नाममा नामसारी गरिएको उक्त जग्गा उनको मृत्युपछि कुकुरको सेवा गर्ने मान्छेले पाउनेछ । अर्थात् ओम नारायणको मृत्युपछि जसले उक्त कुकुरको हेरचाह गर्नेछ उसले नै ओम नारायणले कुकुरको नाममा गरिदिएको सम्पत्ति पाउनेछ ।

प्रकाशित : 5 January, 2021

प्रतिक्रिया दिनुहोस्