विश्वकै महँगो केक


काठमाडौं । पुस २३, यो संसारमा यस्ता धेरै मानिसहरु छन् जो आफ्नो कामका कारण चर्चित हुन्छन् । ती मान्छेहरु सदैव केही फरक तथा अनौठो काम गर्दछन् र दुनियाभर उसको कामको चर्चा हुन्छ ।

दुबईमा एउटा यस्तो केक तयार गरियो, जसको मूल्य नै करीब १२ करोड रुपैयाँ राखिएको छ । सन् २०१९ मा तयार भएको उक्त केकले विश्वको सबैभन्दा महँगो केकको रुपमा राखेको कीर्तिमान अहिलेसम्म तोडिएको छैन ।

दुबईका सेलिब्रेटी केक डिजाइनर डेबी विंघमले उक्त केक तयार गरेका हुन् । यो केक यस अर्थमा पनि विशेष थियो कि यो एक सुन्दर ब्राइडल केकको स्वरुपमा रहेको थियो ।यसको स्वरुप अन्य आम केकको जस्तो थिएन । उक्त केक बेहुलीको स्वरुपमा थियो जुन अति नै सुन्दर थियो ।

उक्त केकको तस्वीर हेर्दा त्यो केक नै हो भनेर अनुमान गर्न गाह्रो पर्दछ । यो अनौठो तथा अद्वितीय केक तयार पार्नका लागि १० दिनको समय लागेको थियो । साथै यसमा कैयन् महंगा चिजहरुको प्रयोग गरिएको थियो । त्यो केकमा १ हजार दाना मोती, ५००० वटा फूल, १ हजार वटा अण्डाका साथै २५ किलो चकलेटको प्रयोग गरिएको थियो भने केकको कूल तौल १ सय २० किलो थियो । केकको उचाइ १८२ सेन्टिमिटर थियो ।

यो केकले मात्र होइन यसका निर्माता डेबी विंघमले समेत विश्वकै सबैभन्दा महँगो केक बनाउने कीर्तिमान कायम गरेका थिए ।

दुबईमा आयोजित बिहे प्रदर्शनीका क्रममा सो केकलाई पेश गरिएको थियो ।

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज