केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साउदीका राजा सलमानले पनि लगाए कोरोनाविरुद्धको खोप

सहयात्रा टिभी

दोहा । पुस २५, साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीज अल सउदले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यसघि त्यहाँका राजकुमार लगायत अन्य बिशिस्ट अधिकारीहरुले खोप लगाईसकेका छन् ।

महामारीको सुरुदेखि अहिलेसम्म नागरिकहरुलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेर सहयोग पुर्‍याएकोमा राजा सलमानलाई त्यहाँका स्वास्थ्य मन्त्री डा. तौफिक बिन फौजान अल रबियाहले धन्यवाद दिएका छन् ।

यस्तै साउदीले कोरोना भ्याक्सिन लिएकाहरूलाई ‘हेल्थ पासपोर्ट’ जारी गर्ने भएको छ । त्यहाँ अहिलेसम्म १ लाख ३७ हजार जनाले भ्याक्सिन लगाईसकेका छन भने दशौं लाखले भ्याक्सिनका लागि नाम दर्ता गराएका छन् ।

त्यहाँ हालैका दिनहरूमा नयाँ संक्रमितको संख्या सय भन्दा कम हुने गरेको छ । साउदीमा कार्यरत नेपालीसहित अन्य आप्रवासी कामदारहरुलाई पनि यो खोप नि: शुल्क रुपमा लगाईरहेका छन् ।

प्रकाशित : 9 January, 2021

प्रतिक्रिया दिनुहोस्