केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इन्डोनेशियामा बेपत्ता विमान समुद्रमा दुर्घटनाग्रस्त, उद्दार तथा खोजी कार्य जारी

सहयात्रा टिभी

एजेन्सी । पुस २६, इन्डोनेशियाका अधिकारीहरुले राजधानी जकार्ताबाट उडान भरेको केही समयपछि बेपत्ता भएको विमान दुर्घटनास्थल पत्ता लगाउन सफल भएको बताएका छन् ।

शनिबार उडान भरेको केही समयपछि बोइंग ७३७ यात्रुबहाक विमान सम्पर्कविहिन भएको थियो । सम्पर्कविहिन विमान समुद्रमा दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।

दुर्घटनामा परेको उक्त श्रीविजय एयरको जेट विमानमा ६२ जना यात्रु सवार थिए । पश्चिम कालिमान्तन प्रान्तको पोन्तियानकका लागि उडान भरेको चार मिनेटपछि उक्त विमानको राडारसँग सम्पर्क टुटेको थियो ।

अहिले दुर्घटनास्थलमा १० वटाभन्दा बढी पानीजहाज र गोताखोरहरुलाई परिचालन गरिएको अधिकारीहरुले बताएका छन् ।

अनुसन्धानकर्ताहरुले दुर्घटनास्थलमा भेटिएका भग्नावशेषहरुको विश्लेषण गरिरहेको बताइएको छ ।

दुर्घटनापछि गएको मध्यरातिसम्म गरिएको खोजी तथा उद्दार कार्य आइतबार विहानैबाट सुरु गरिएको हो ।

प्रकाशित : 10 January, 2021

प्रतिक्रिया दिनुहोस्